काठमाडौं । उमेरहद ‘५८ वर्ष’ का कारण अनिवार्य अवकास पाएका राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’मा कार्यरत कर्मचारीहरुलाई एक कार्यक्रमबीच बिदाइ गरियो ।
तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, क्रिकेट प्रशिक्षक सुनोज भट्टराई र सुटिङ प्रशिक्षक प्रदीप खातीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतका कर्मचारीले मायाको चिनो प्रदान गरी बिदाइ गरे ।
रानाभाटले बिहीवारदेखि अनिवार्य अवकास पाउदै छन् भने बाँकी दुईले केहि दिनअघि अनिवार्य अवकास पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया