काठमाडौं । गणतन्त्र दिवस–२०७६ आज ‘बुधवार’ देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
गणतन्त्र स्थापना भएको ११ वर्ष पूरा भएको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरि गणतन्त्र उत्सव मनाइएको छ । उत्सव कार्यक्रममा नेपाली सेना, सुरक्षाकर्मीका साथै अन्य विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।
हेलिकोप्टरमा गणतन्त्रको झण्डा उडाउनुका साथै पुष्पवृष्टि गरी नागरिकसमक्ष गणतन्त्रको शुभकामना व्यक्त गरिएको छ । शान्तिको प्रतीक परेवासमेत उठाइएको छ ।
संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइदै आइरहेको छ ।
झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।
कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
तस्वीर : रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया