बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ७ मा शंकास्पद बस्तु फेला परेको छ ।
बुधबार बिहान वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।
‘वडा कार्यालयमा शंकास्पद बस्तु राखिएको जानकारी प्राप्त भएको छ’, बझाङका सिडिओ सुरेश सुनारले भने, ‘शंकास्पद बस्तु फेला परेको जानकारी आएपछि सो स्थानतिर नेपाली सेनाको बम डिस्पोजल टोली पठाइएको छ ।’
सदरमुकाम चैनपुरबाट सवारी साधनमा बुंगल नगरपालिका वडा नम्बर ७ मा पूग्न झण्डै ४ घण्टा लाग्छ ।
२ साता अगाडि मात्र बझाङको छविस पाथिभेरा गाउँपालिका को कार्यालयमा राखिएको बम नेपाली सेनाले डिस्पोजल गरेको थियो ।- प्रतिकात्मक तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया