चार बजे बजेट भाषण, कर्मचारी तलब र बृद्ध भत्ता बढाइदै

नेपालमा २००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो ।

१ सय ४ वर्षे जहानियाँ राणा शासनको शोषणमा रहेका जनताले यो बजेटले पहिलोपटक आर्थिक स्वतन्त्रताको अधिकारको महशुस गरायो ।

वि.सं २००८ सालदेखि औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो ।

तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।

जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो ।

नेपाली बजेटको संस्थागत सुरुवात भएको पहिलो बजेटले कृषि र व्यापारलाई प्राथमिकता दिएको थियो ।  

नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला सरकारले ल्याएको थियो । त्यसअघिका सरकारका बजेट पारिवारिक हुन्थे । जनता लक्षित कार्यक्रम हुँदैनथे । 

यस अवधिमा विभिन्न किसिमका बजेट आए भने बजेटको आकारमा पनि व्यापक परिवर्तन भयो ।

आर्थिक वर्ष २०२७ /०२८ देखि नेपालको बजेट १ अर्ब नाघेको हो । ०४६ को राजनीतिक परिवर्तनपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले ल्याएको बजेटको आकार ३६ अर्ब ६४ करोड रुपैयाँको थियो । जसमा १६ अर्ब ८९ करोड विकासका लागि छुट्याइएको थियो ।

त्यसैगरी ०६१ / ०६२ सालमा पहिलोपटक नेपालको बजेटको आकार १ खर्ब रुपैयाँ नाघेको हो । त्यसयता बजेटको सामान्यरुपमा बढे पनि ०७२ वैशाख १२ गते भूकम्प गएपछि त्यसको पुनर्निर्माणका लागि बजेट थप्नु परेकाले अर्थमन्त्री डा. रामशरण महतले आ ब ०७२ /०७३ मा ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ पुर्‍याइयो ।

त्यसअघि आब ०७१ / ०७३ मा ६ खर्ब १७ अर्बको बजेट महतले नै ल्याएका थिए ।

बजेटले अंगालेका नीति, कार्यक्रम तथा घोषणा र प्रभावका आधारमा २००८,  २०१५,  २०४८ र ०५१ का बजेट बढी नै महत्वपूर्ण थिए ।

 

आज अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो दोस्रो बजेट सार्वजनिक गर्दैछन्।

उनले वृद्ध भत्ता र कर्मचारीको तलब बृद्धि गर्दै  साढे १५ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने स्रोतले बतायो । 

 दिउँसो २ बजे बस्ने मन्त्रीपरिषद्को बैठकले बजेटलाई अनुमोदन गरेपछि चार बजे संघीय दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गरिने छ। 

चालु आर्थिक बर्षको बजेटबाट नागरिकका अपेक्षा र आफ्नो दलको चुनावी घोषणापत्रमा समावेश भएका नारा सम्बोधन गर्न असफल भएको भन्दै आलोचना खेपेका अर्थमन्त्री खतिवडाले पार्टीभित्रकै दाबाबका कारण बृद्ध भत्ता बृद्धि गरी बजेट ल्याउँदैछन् । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?