गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन : ‘आफ्नै प्रतिनिधि रहेका संस्थाको मानमर्दन हुने व्यवहार लोकतान्त्रिक हुनै सक्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित विशेष कार्यक्रममा सम्वोधन गर्दै जनताले आफ्नो शासक आफैं चुन्न पाउने र राम्रो काम नगर्नेलाई चुनावमा पराजित गर्न पाउने व्यवस्थामा रहेका कारण उच्चतम लोकतान्त्रिक प्रणालीमा रहेको बताएका छन् । 

प्रधानमन्त्रीले ‘गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न गणतन्त्रका संस्था तथा अंगहरुको मर्यादा र सम्मान गर्नुपर्ने बताए । 

प्रधानमन्त्रीको सम्वोधनमा संस्थाहरुको मर्यादाका साथै देशको विकास र आर्थिक समृद्धिलाई जोड दिइएको छ । 

प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारजस्ता विषयहरुमा खासै बोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?