भूकम्प गएको ४ वर्षपछि नेपाल चिन जोड्ने तातोपानी नाका सञ्चालनमा आएको छ ।
विनाशकारी भूकम्पपछि चीनले एकतर्फी बन्द गरेको नाका बुधवार बिहान दुई देशका उच्च अधिकारी सम्मिलित एक कार्यक्रमबीच सञ्चालन गरिएको हो ।
नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा ऊन बोकेका चारवटा ट्रक नेपालतर्फ ल्याई उद्घाटन गरिएको हो ।
खासाबाट ऊन ल्याउनका लागि हिजो ‘मंगलवार’ बिहान मात्रै चार कण्टेनर चिनतर्फ गएका थिए । नाका पुनःसञ्चालनमा ल्याउने कार्यक्रम थप व्यवस्थित बनाउन सीमावर्ती भोटेकोशी गाउँपालिकाले समेत आवश्यक तयारी गरेको थियो ।
यद्यपी तत्कालका लागि मालबाहक ट्रकमात्र आवात जावत हुनेछन् ।
भूकम्पले निम्त्याएको क्षतिको जोखिम नटरेकाले र व्यवस्थापन नभएको कारण मानिसहरु भने आवात जावत गर्न पाउने छैनन् ।
भूकम्पअघि मितेरी पुलपारीसम्मै पुगेर सामान किनमेल गर्न छुट थियो ।
नाका खुलेसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । लोकपथ टिभीले सरकारी टोलीसँगै तातेपानी पुगेर तयार पारेको यो भिडियो हेर्न छुटाउनुभएको भएको थियो कि ?
तातोपानी नाका खुलाउन उच्चस्तरीय निरीक्षण (भिडियो )
लोकपथ डटकमबाट पहिले प्रकाशित तातोपानी नाकासम्बन्धी यो सामाग्री पनि पढ्नुहोस् :
–लामो समयको प्रतिक्षापछि खुल्यो तातोपानी नाका
–तंग्रिँदै तातोपानी नाका, यसरी बन्दैछ नेपाल-चीन जोड्ने नयाँ मितेरी पुल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया