धादिङमा पर्यटक बस खस्यो, थप विवरण आउन बाँकी

काठमाडौं । धादिङमा आज ‘बुधवार’ पर्यटक बस खसेको छ । 

उक्त वस धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा बस सडकबाट खोलामा खसेको छ । धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बस सडकबाट महेशखोलामा खसेकोले जानकारी दिए । 

उनले दिएको जानकारी अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ र थप विवरण आउन बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?