शिक्षातर्फ १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन : सरकारी विद्यालयका छात्रालाई निशुल्क स्यानिटरी प्याड !

आगामी आर्थिक वर्षको लागि प्रस्तुत  गरीएको २०७६ /७७ को बजेटमा शिक्षातर्फ १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ  विनियोजन गरीएको छ ।

संघीय संसदमा प्रस्तुत भइरहेको बजेटमा शिक्षातर्फ एक विद्यालय एक शिक्षक अवधारणा अघि सारीएको छ ।

७० वटा जिल्लालाई यस  आर्थिक वर्षमा साक्षर बनाउनको लागि पनि बजेट छुट्याइएको छ ।

यस्तै छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन गरिएको छ ।

 दिवा खाजामा ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

बालबालिकाको दिवा खाजाको लागि पनि बजेट छुट्याइएको छ ।

सरकारी विद्यालयका छात्रालाई स्यानिटरी प्याड निशुल्क वितरण गर्ने र त्यसको लागि बजेट विनियोजन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?