आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरीएको २०७६ / ७७ को बजेटमा बृद्धभत्ता बढाइएको छ ।
संघीय संसदमा प्रस्तुत भइरहेको बजेटमा ७० वर्ष उमेर कटेका वृद्धवृद्धाले एक हजार भत्ता र एक हजार औषधोपचार खर्च गरी मासिक दुई हजार भत्ता पाउँदै आएकोमा अब उनीहरुको लागि तीन हजार रुपैयाँ विनियोजन गरिएको हो ।
सरकारले ६५ बर्ष उमेर पुगेका नागरिकलाई बृद्ध भत्ता (सामाजिक सुरक्षा भत्ता) दिदै आएको छ ।
कर्णालीका नागरिकले ५५ बर्षमै बृद्धभत्ता पाउदै आएका छन् ।
नेपालमा बृद्ध भत्ताको शुरुवात २०५१ सालबाट भएको हो ।
एमाले नेतृत्वको सरकारले ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई मासिक १ सयका दरले बृद्ध भत्ताको उपलव्ध गराउन सुरु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया