पर्यटन क्षेत्रको लागि २ अर्ब ६८ करोड विनियोजन

काठमाडौं । सरकारले पर्यटन क्षेत्र प्रर्वदनका लागि २ अर्ब ६८ करोड रकम विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको २०७६-७७ को बजेटमा उक्त रकम विनियोजन गरिएको हो । धार्मिक पर्यटनलाई पनि विशेष जोड दिएको छ । साथै महाभारतको सम्भावित पर्यटकीय स्थललाई विदा मनाउने स्थलको रुपमा विकास गरिने अर्धमन्त्री डा. युवराज खतिवडाले बताए ।

त्यस्तै उनले नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढीहरुलाई पर्यटन प्रवर्द्धन गरिने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?