विपतका लागि  ५ अर्ब ५० करोड रकम विनियोजन

काठमाडौं । सरकारले विपतका लागि तत्काल नै निकासा हुने गरि ५ अर्ब ५० करोड रकम विनियोजन गरेको छ । 

साथै सरकारले राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढाइने बताएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषणमा बोल्दै राष्ट्रिय सेवा दलको भुमिकालाई स्थानिय स्तरसम्म विस्तार गर्ने बताए । 

सरकारले आज ‘बुधवार’ आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदमा पेश गरेको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?