न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

लोकपथ
84
Shares


काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट सबै किसिमको न्यूरो सर्जरी सम्बन्धित रोगको उपचार गर्दै आएको छ ।

जसमा ब्रेन स्ट्रोक, ट्युमर देखि मेरुदण्डको सर्जरी पर्दछन् । अस्पतालले सबै किसिमका न्यूरो सम्बन्धित समस्याहरुको उपचार उपलब्ध गराउँदै आएको हाे। उपचारका लागि न्यूरो सर्जन, न्यूरो इन्टरभेन्सनिस्ट, न्यूरोलोजिस्ट, इर्मजेन्सी, न्यूरो रेडियोलोजिस्ट, न्यूरो क्रिटिकल केयर, न्यूरो एनेस्थेटिस्ट तथा म्यूरी रिहाविलिटेसनको समूह २४ सै घण्टा तैनाथ रहेको अस्पतालले जनाएकाे छ ।

हालसम्म अस्पतालले २००० भन्दा बडि ब्रेन सर्जरी गरिसकेको छ जसमध्ये ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक, मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने शल्यक्रिया रहेको छ ।

पछिल्लो विकासक्रम अनुसार अस्पतालले शल्यक्रिया गर्दा धेरै नचिरी वा ब्रेन नखोली दुरबिनको सहायताबाट गरिने शल्यक्रिया, नन् इन्भेसिभ सर्जरीको सुविधा पनि प्रदान गर्दै आएको छ। यसरी सर्जरी गर्दा बिरामीलाई छिटो निको हुने र अस्पतालको बसाई पनि कम हुने गर्दछ ।

गत वर्षबाट शुरु गरिएको नन् इन्भेसिभ सर्जरीबाट न्यूरो भास्कुलर समस्या भएका १५० भन्दा बढि विरामीहरुको शल्यक्रिया गरिएको छ। यस विधि वा न्यूरो इन्टेभेन्सन प्रोसिड्युरमा थ्रोमवेक्टोमी, एन्यूरिजम कोइलिङ, ट्युमर इम्बोलाइजेसन, फ्लो डाइभरटर र स्टेन्टिङ पर्दछन् । इन्टेभेन्सन प्रोसिड्युरबाट गरेको शल्यक्रिया सफल हुनु आफैमा सन्तोषजनक नतिजा रहेको न्यरोसर्जरी विभाग प्रमुख प्रा.डा. गोपाल रमण शर्माले बताए ।

त्यस्तै अस्पतालको न्यूरो सर्जरी अपरेशन थिएटरमा न्यूरो मोनिटर, मोडुलर शल्यक्रिया कथ, न्यूगे नेभिगेसन, न्यूरो फिजियोलोजिकल मोनिटरिङ र ट्रान्सक्रानिकत डोपत्तर जस्ता अत्याधु‌निक मेसिनहरू जडान गरिएको छ। न्यूरो आइसियुमा १२ वटा बेड जहाँ हरेक बेडमा भेन्टिलेटरको सुविधा भने एक बेडमा एक नर्सर २४ सै घण्टा न्यूरी एनेस्थेटिस रहन्छन्।

त्यस्तै अस्पतालमा न्यूरो सर्जरी वा स्ट्रोक पश्चात बिरामीलाई फिजिकल रिहाविलिटेसन पनि गरिन्छ । फिजिकल रिहाविलिटेशन विभागका प्रमुख डा. मञ्जु ज्ञवालीका अनुसार एक वर्षमा ८ देखि ९ हजार न्यूरोका विरामीलाई बेरापी सेवा पु-याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?