काठमाडौं । टोकियो पारा ओलम्पिक गेम्सका लागि हुने अन्तर्राष्ट्रिय निर्णायक छनोट तथा तालिम शिविरमा रुसमा सम्पन्न भएको छ ।
तीनदिने शिविरमा नेपालबाट तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले सहभागिता जनाएका थिए । शिविर उपलब्धीमूलक रहेको खड्काले बताए । शिविरका लागि नेपालबाट छनोटमा पर्ने अशोक एक्लो हुन् ।
शिविरमा विभिन्न राष्ट्रका ३ सय ५२ जानको सहभागिता रहेको थियो । त्यस मध्ये उत्कृष्ट ५२ जनाले पारा ओलम्पिकमा निर्णायकको भूमिका निर्वाह गर्ने अवसर पाउने छन् । नतिजा पछि आउने अशोकले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया