काठमाडौं । यहि जेठ २० देखि २९ सम्म दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजना तथा बिदुर नगरपालिकाको संरक्षकत्वमा यो प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण खेल बट्टार मैदानमा हुने आयोजकले जानकारी दिएको छ ।
नुवाकोट गोल्डकप फुटबलमा ‘ए’ डिभिजन क्लवहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी लगायत नुवाकोटको स्थानीय टिम सहित १० टिमको सहभागिता रहने छ ।
यो प्रतियोगितालाई साकुरा नेपाल कन्सल्टेन्सीले हरेक खेलको ‘म्यान अफ दी म्याच’लाई १० हजार नगद रुपैयाँ प्रदान गर्नेछ ।
कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अनुजकुमार श्रेष्ठले आज ‘बिहीवार’ बिहान प्रतियोगिताका आर्थिक संयोजक एवं नुवाकोट जिल्ला फूटवल संघका अध्यक्ष दीपकलाल चित्रकारलाई ९० हजार हस्तान्तरण गरेका थिए ।
गत वर्ष सम्पन्न यो प्रतियोगिताको ‘म्यान अफ दि म्याच’लाई प्रायोजन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया