काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३५ हजार ६ सय पुगेको छ । यो हालसम्मकै उच्च हो ।
यसअघि बिहीबार प्रतितोला सुनको मूल्य १ लाख ३४ हजार पुगेर नयाँ रेकर्ड बनाएको थियो । शुक्रबार केही घटे पनि आज पुनः नयाँ रेकर्ड बनाएको हो ।
यसअघि गत कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ३२ हजार ७ सय रहेको थियो । आज तोलामा २ हजार ९ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसो त आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले वृद्धि भएको छ । गत कारोबार दिन चाँदीको मूल्य १ हजार ६ सय १५ रहेकोमा आज १ हजार ६ सय ७० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया