शेयर बजारमा उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि

काठमाडौं । एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७ सय ९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ‘बिहीवार’ ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३ सय १९ दशमलव ४७ अङ्कमा पुगेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको छ ।

कूल १ सय ७४ कम्पनीको ४८ लाख ९४ हजार ६ सय ८१ कित्ता शेयर कारोवार भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह मध्ये चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ  । बैंकिङ १० दशमलव ५९, अन्य दुई दशमलव शून्य सात, जीवन बीमा ९ दशमलव ५४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात बिन्दुले बढेको छ । 

त्यस्तै होटल १८ दशमलव ५४, विकास बैंक चार दशमलव ४४, जलविद्युत् ५ दशमलव २९, वित्त शून्य दशमलव शून्य नौ, निर्जीवन बीमा ६ दशमलव ७९, उत्पादन २४ दशमलव ३५ र लघुवित्त एक दशमलव ७८ बिन्दुले घटेको छ । 

कारोवारका आधारमा आज ‘बिहीवार’ शिवम् सिमेन्टको १७ करोड १९ लाख ६५ हजार १ सय ४९ मा कारोवार भयो । नेपाल बैंक लिमिटेड १६ करोड ६१ लाख ३४ हजार ६ सय ३८, प्रभु बैंक १० करोड ९९ लाख २१ हजार ६ सय ३३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी नौ करोड २२ लाख ९५ हजार १ सय ४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ५९, रैराङ हाइड्रोपावर कम्पनी आठ दशमलव ३३, एनआइसी एशिया ग्रोथ फण्ड छ दशमलव ४१, ग्रिन डेभलपमेन्ट बैंकका शेयरधनीले पाँच दशमलव ९८ प्रतिशतले कमाए ।

त्यस्तै पाँचथर पावर कम्पनी नौ दशमलव ९४, नेशनल माइक्रोफाइनान्स पाँच दशमलव शून्य पाँच, कन्काई विकास बैंक चार दशमलव ७० र वेस्ट फाइनान्सका शेयरधनीले चार दशमलव ६२ प्रतिशतले गुमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?