जसको विवाहले विश्वको ध्यान खिच्यो

एजेन्सी । अधिकांस क्षेत्रहरुमा विवाह तथा प्रेम गर्दा उमेरकै कुरा अगाडी आउने गर्छ ।

अहिले विवाहको लागी उमेर एक जटील समस्याको रुपमा आइरहेको छ । तर, वास्तवमा प्रेम गर्नेहरुको लागी उमेर समस्याको विषय भने होइन । आज हामी यस्ता विश्वप्रख्यात सेलिब्रेटीहरुको बारेमा चर्चा गर्नेछौँ । 

सिरीस कुन्डरले आफुभन्दा आठ वर्ष जेठी युवतीसँग विवाह गर्दा उनको बलिउडमा नै चर्चा चलेको थियो । उनले चर्चित वलिउड कोरिओग्राफर तथा निर्माता फराह खानसँग विवाह गरेका थिए । यो २ जोडीले आजभन्दा १५ वर्ष अगाडी सन् २००४ मा विवाह बन्धनमा बाधिएका थिए ।

यी २ जोडीले विवाह गर्दै प्रेम गर्नलाई उमेरले कहिल्यै नछेक्ने प्रमाणित पनि गरिसकेका छन् । उनीहरुको हाल २ छोरी र १ छोरा छन् ।    

 


 
करन सिंह ग्रोभर जो आफ्नी पत्नी विपासा भन्दा २ वर्ष कान्छा छन् । उनीहरुको भेट सन् २०१५ को ‘एलोन’ नामक फिल्मको छायाङकनको क्रममा भेट भएको थियो । उनीहरुले सन् २०१६ मा विवाह गरेका थिए ।

 

 

बलिउड तथा हलिउड दुबैमा नाम कमाएकी अभिनेत्री प्रियंका चोपडाले अमेरिकी कलाका निक जोनसँग गत वर्षमात्र विवाह गरिन् । त्यतिबेला उनीहरुको विश्वभर नै चर्चा चलेको थियो । निकको प्रियंका भन्दा १० वर्ष कान्छा छन् ।

केही समय आगडी उनीहरुको सम्बन्धको बारेमा केही टिकाटिप्पनी भएपनि अहिले उनीहरुको सम्बन्ध निक्कै राम्रो भएको विभिन्न सञ्चार माध्यमहरुले बताएको छ । 

 

प्रमीत र अर्चना सन् १९९२ मा विवाह बन्धनमा बाधिएका थिए । प्रमीत अर्चना भन्दा ७ वर्षले कान्छा हुन् । उमेरमा ठुलो अन्तर भएपनि यो जोडीको ४ वर्ष सम्म प्रेम सम्बन्ध चलेको थियो । हाल उनीहरुको २ छोरा आर्यमन र आयूश्मान छन् ।

 

कुनाल केम्मु सोहा अली खानभन्दा ५ वर्षले कान्छा छन् ।  विवाह हुनु अगावै उनिहरुको सम्बन्ध प्रगाढ थियो । कुनाल र सोहाको अफेर चलेको ६ महिनापछि सन् २०१५ ९जनवरी २५ तारिखमा विवाह गरेका थिए । उनीहरुको अहिले एक छोरी छन् ।

 

 

आदित्य पन्चोली र जरिना वाहव ।  जरिना आदित्य भन्दा ५ वर्षले ठुली छिन् । यो जोडीको कलंकका टिका फिल्मको दौरानमा १९८६ सालमा भेट भएको थियो । लगतै उनीहरुले विवाह पनि गरे । हाल उनीहरुको छोरी साना र छोरा सुरज छन् ।

 

सैफ अली खान अमृता सिंहभन्दा १२ वर्षले ठूल िछिन् । अमृता सैफ अलीको भूतपूर्व श्रीमती हुन् । यो जोडी सन् १९९१ मा लगन गाँठोमा बाँधिएका थिए । त्यस्तै सन् २००४ मा यो जोडीले डिभोर्स गरेका थिए ।

सैफ अलि अहिले बलिउडकी अभिनेत्री करिना कपुरसँग विवाह गरेका छन् । जो सैफ भन्दा १०वर्ष सानी छिन् ।

 

फरा अख्तर र हधुना भवानी,  यो दुई जोडीको भेट जव फराले  ‘दिल चाहता है’ नामक चलचित्र को स्क्रिप्ट लेख्ने दौरानमा भएको थियो । फरा अधुना भन्दा ६ वर्षले साना छन् । यो जोडीले सन् २००० मा विवाह गरेका थिए ।

उनिहरुको अहिले २ छोरी छन् । बिडम्बना यो जोडीले अहिले सम्बन्ध विच्छेद गरिसकेका छन् ।

 

 

सुनील दत्त नर्गीस भन्दा १ वर्षले उमेर सानो छन् । उनीहरु ‘मदर इन्डिया’ नामक चलचित्रका दौरान भेट भएको थियो । सन् १९९७ मा चलचित्र सुटिङको क्रममा ठुलो आगलागी भएको थियो जहाँ दत्तले नर्गिसलाई आगोबाट बचाउन सफल भएका थिए ।

त्यसको १ वर्ष पछी यो जोडीले विवाह गरेका थिए । अहिले दत्त र नर्गिस ३ छोराछोरीको बुवा र आमा बनेका छन् । 

 

धनुस र ऐश्वर्या, रजनीकान्तकी छोरी ऐश्वर्या धनुस भन्दा एक वर्षले ठुली छिन् । यो यूगल जोडीले सन् २०१२ मा विहे गरेका थिए ।

अभिशेख बच्चन र ऐश्वर्या राय बच्चन , जुनियर बच्चन ऐश्वर्या भन्दा २ वर्षले साना छन् । यो जोडीले सन् २००७ मा विवाह गरेका थिए । उनीहरुको अहिले एक छोरी ‘आरध्या’ छन् ।

 
 
अर्जुन रामपाल र मेहर जेस्सा, प्रशिद्ध मोडेल तथा भूतपूर्व श्रीमती मेहर जेस्सा रामपाल भन्दा २ वर्ष जेठी छिन् । यो जोडीको औपचारीक सम्बन्ध सन् १९९८ मा गाँसिएको थियो ।

उनीहको दुई छोरी छन् । तर, यो जोडी अहिले सम्बन्ध विच्छेद गरिसकेका छन् ।

 

डेभिड वेहकम र भिक्टोरिया वेहकम, प्रशिद्ध फुटबलर डेभिड उनकी पत्नी भिक्टोरिया भन्दा एक वर्षले कान्छा छन् । यो जोडीले सन् १९९९ मा लगनगाँठो कसेका थिए । उनीहरुको अहिले चार सन्तान छन् । जसमा तीन छोरा र एक छोरी छन् । 

जोन लिनोन र योको ओनो, विटलस गायक जोन लिनोन उनकी पत्नी याको ओनो भन्दा सात वर्षले कान्छा छन् । यो जोडीको लगनगाँठो सन् १९६९ मा बाधेका थिए ।  योको र जोनबाट २ जना सन्तान छन् ।

दुखको कुरा यो जोडीको सन् १९८० मा हत्या भएको थियो ।

क्रिस मार्टीन र गेन्थ पाल्ट्र, कोल्ड प्ले गायक जो आफ्नी भुतपूर्व श्रीमती गेन्थ पाल्ट्र भन्दा ४ वर्षले साना छन् । यि दुइले सन् २००३ मा विवाह गरे । दुई सन्तान अभिभावक बनेका दुवै जनाले अहिले सम्बन्ध विच्छेद गरिसकेका छन् ।

एन्टोनियो ब्यान्डिर्स र मिलानी ग्रिफ्थ, हलीउड नायक एन्टोनियोले ग्रिफ्थसँग सन् १९९६ मा विवाह गरेका थिए । एन्टोनियो उनकी श्रीमती भन्दा ३ वर्षले साना हुन् ।

 

 

बेन एफ्लिक र जेन्नीफर गार्नर, हलीउड नायक बेन उनकी श्रीमती,जेन्नीफर मात्र चार महिनाले कान्छा छन् । उनीहरुले २००५ विवाह गरेका थिए । 

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?