काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद ९ छैटौँ संशोधन नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
महासङ्घ कार्य समितिको बैठकले चर्को आन्दोलनको कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागाँँईले राससलाई जानकारी दिए । व्यवसायीले नेपाल सरकारबाट आह्वान भएका तथा हुने सम्पूर्ण बोलपत्र रद्ध गर्दै इजाजतपत्र समेत सरकारलाई बुझाउने भयको छ।
उक्त व्यवसायीले आ–आफ्नो इजाजतपत्र महासङ्घमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई र सम्बन्धित जिल्ला सङ्घले प्रजिअमार्फत बुझाउने कार्यक्रम रहेको जनाएको छ ।
महासङ्घले सार्वजनिक खरीद ९ छैटौँ संशोधन नियमावली, २०७५ का केही बुँदाको विरोधमा अतिरिक्त सङ्घर्षका कार्यक्रम तर्जुमा गर्न जेठ २२ गते राष्ट्रिय भेला बोलाएको छ ।
प्रदेश महासङ्घ र जिल्ला सङ्घहरुबाट अध्यक्ष, महासचिवसहित तीन जनाको अनिवार्य सहभागि हुने गरी भेला कार्यक्रम तर्जुमा गरिएको महासङ्घका प्रवक्ता चौलागाईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया