यस्ता छन् गर्मीमा चिसो पानीले नुहाउनुका फाइदाहरु

लोकपथ
49
Shares

काठमाडौं । गर्मी मौसम सुरु भइसकेको छ । गर्मीबाट बच्नका लागि मानिसहरु विभिन्न थरिका उपायहरु अपनाउने गर्छन् । कोहि चिसो खाना र पिय पदार्थ खोज्न तिर लाग्छन् भने कोहि शितलता प्रदान गर्ने कपडा तिर । तर गर्मीमा स्फूर्ती र शितलता प्राप्तिको लागि सबैभन्दा सरल उपाय भनेको चिसो पानीले नुहाउनु हो ।

बिहान चिसो पानीले नुहाउँदा गर्मीमा दिनभरि नै ताजगी प्राप्त गर्ने सकिन्छ । चिसो पानीले नुहाउँदा स्वास्थ्यलाई निकै फाइदा हुने गर्छ ।

गर्मीमा बिहान चिसो पानीले नुहाउनु निकै स्वस्थकर पनि मानिन्छ । यसलाई हामी कोल्ड वाटर थेरापी वा हाइड्रोथेरापी पनि भन्ने गछौँ । किनभने यसले हाम्रो शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई फाइदा पु¥याउने गर्छ । आज हामी तपाईहरुलाई दिनँहु चिसो पानीले नुहाउनुका फाइदाको बारेमा जानकारी दिनेछौँ :


रगतको प्रवाह राम्रो
जब हामी हाम्रो शरीरलाई चिसो पानीको सम्पर्कमा लैजान्छौँ तब हाम्रो रक्तनलीहरु संकुचित हुन थाल्छन् । जसले रगतलाई हाम्रो अंगतिर धकल्न मद्दत गर्छ । जब हामी एकचोटी शरीरलाई न्यानो पाछौँ, त्यतिबेला रक्तनलीहरु फैलिने गर्छन्, जसले हाम्रो शरीरमा रक्तसञ्चारमा सुधार गर्दछ ।

प्रतिरक्षा प्रणालीमा सुधार
चिसो पानीले सेतो रक्तकोशिकाहरु उत्तेजित पार्ने गर्छ । सेतो रगतले हाम्रो शरीरलाई रोगको संक्रमण र रोगहरुसँग लड्न मद्दत गर्ने गर्छ । यसले शरीरको प्राकृतिक प्रतिरक्षा संयन्त्रलाई पनि सक्रिय बनाउँछ र हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।

सुनिने समस्या कम गर्छ

चिसो पानीले नुहाउदा मांसपेशि र जोर्नीहरुको सुनिने समस्या कम गर्ने मद्दत गर्छ । व्यायाम पछिको दुखाइ कम गर्ने र चोटहरुलाई छिट्टै ठिक गर्न मद्दत गर्छ ।

मूडमा सुधार

हाम्रो शरीर चिसो पानीको सम्पर्कमा आउँदा एन्डोर्फिन र अन्य खुसि हुने हार्मोनहरुको उत्पादनमा वृद्धि हुन्छ । जसले गर्दा मूडमा सुधार आउनुको साथै चिन्ता र तनावका लक्षणहरु कम हुन थाल्छ ।

छाला र कपालको स्वास्थ्यमा सुधार

चिसो पानीले छालाको छिद्रहरु बन्द गर्न मद्दत गर्छ र छाला कडा बनाउँछ । ब्याक्टेरियालाई छाला भित्र प्रवेश गर्न रोक्छ । जसले गर्दा डन्डीफोर जस्ता छाला सम्बन्धित अन्य समस्याको जोखिमबाट बचाउँछ । चिसो पानीले कपाल नुहाउँदा कपालको क्यूटिकललाई पनि बचाउने गर्छ । जसले कपाललाई चमकिलो र नरम बनाउँछ ।

राम्रो निन्द्रा

चिसो पानीको थेरापीले शरीरको तापक्रमलाई नियन्त्रण गर्छ । जसले राम्रो निन्द्रालाई बढावा दिन्छ । चिसोपानीको सम्पर्कमा आएपछि शरीरको तापक्रम घट्छ र हाम्रो दिमागलाई सुत्ने समयको संकेत दिने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?