एजेन्सी । ‘आइसीसी’ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक इंग्ल्याण्डले विजयी शुरुवात गरेको छ ।
दि ओभल मैदानमा बिहीवार भएको उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै १२ औँ संस्करणको विश्वकपका सुखद शुरुवात गरेको हो ।
३ सय १२ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाको पारी ३९ दशमलब ५ बलमा अलआउँट हुँदै २ सय ७ रनमा समेटिएको थियो । दक्षिण अफ्रिका लागि क्विनटन डी कक र भान डेर डुसेनले अर्धशतकीय पारी खेलेपनि त्यो जितको लागि प्रयाप्त भने हुन सकेन । डी ककले ६८ रन तथा डुसेनले ५० रन जोडे ।
त्यस्तै एडिले लक्कीले २४ रन तथा हसिम अमलाले १३ रन जोडे । यता इंग्ल्याण्डका जोफ्रा आर्चरले ३ विकेट तथा लियाम पुल्न्केट र बेन स्टोक्सले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ११ रनको योगफल तयार पारेको थियो । इंग्ल्याण्डका लागि ओपनर ब्याट्सम्यान जोन्नी बेस्ट्रो पेभेलियनमा फर्किए पनि जासन रोय र जोय रुटले अर्धशतकीय पारी खेलेका थिए ।
रोयले ५४ रन तथा रुटले ५१ रन बनाए । त्यस्तै बेन स्टोक्सले ८९ रन र कप्तान इयान मोर्गनले ५७ रन जोडेका थिए । जोस बट्लरले १८ रन, क्रिस वोक्स १३ रन, लाइम प्लङकेटले ९ रन तथा जोफ्रा आर्चरले ७ रन जोडे । दक्षिण अफ्रीकाका लुंगी नेग्दीले ३ विकेट हात पारे । यो जितसँगै इंग्ल्याण्डल जारी प्रतियोगितामा महत्वपूर्ण २ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत आज ‘शुक्रवार’ वेष्ट इण्डिजले पाकिस्तानको सामना गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया