मुगु । रारा तालमा पर्यटकहरुको संख्या दैनिक बढ्न थालेपछि राराताल क्षेत्रमा कांग्रेस निकट नेविसंघले सरसफाई अभियान सुरु गरेको छ ।
मुगुको छाँयानाथ रारा नगरपालिका ९ मा रहेको रारालाई (ग्रिन रारा क्लिन रारा )बचाई राख्नको लागि स्वच्छ, सफा, हरियाली, वातावरणका लागि प्रत्येक महिनाको अन्तिम शनिवार रारा ताल र तालको किनार आसपासमा सरसफाइ अभियान संचालन गरिएको हो ।
रारा घुम्नको लागि आन्तरिक तथा बाह्य पयर्टकहरु दैनिक बढ्न थालेपछि फोहोर मैला बढेको भन्दै नेविसंघले सफाइन अभियान चलाएको हो ।राराको नाममा प्रत्येक बर्ष सरकारी तवरबाट संरक्षण र सरसफाइलगायत अन्य पूर्वभार निर्माण गर्न करोडौं रकम बरावरको लगानी आएपनि प्रभावकारी नभएको स्थानीयको गुनासो छ । सरकारले राराको सरसफाइमा ध्यान नदिएपछि संगठनका तर्फबाट अभियान चलाइएको नेबिसंघ मुगुका बालचन्द्र कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया