ट्रम्पले गरे मेक्सिकोबाट आउने सबै सामानहरुमा कर लगाउने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आउने सबै सामानहरुमा कर लगाउने घोषणा गरेका छन् ।

मेक्सिकोबाट अमेरिकामा बढिरहेको अवैध आप्रवासन दर नियन्त्रण गर्न भन्दै डोनाल्ड ट्रम्पले सीमा शुल्क लगाउने घोषणा गरेका हुन् ।

ट्रम्पले ट्वीट गर्दै जुन १० तारिख देखि मेक्सिकोबाट आउने बिभीन्न कीसीमका सामग्रीहरुमा ५ प्रतिशत शुल्क लगाउने बताएका छन् ।

 ह्वाइटहाउसद्धारा जारी विज्ञप्ति अनुसार, यो दर हरेक महिना ५ प्रतिशतका दरले वृद्धि गरेर २५ प्रतिशतसम्म पुर्याइनेछ ट्रमपको लक्ष्य छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?