एजेन्सी । डिफेन्डिङ च्याम्पियन सिमोना हालेप जारी फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
बिहीवार राति सम्पन्न भएको महिला एकलतर्फको दोस्रो चरणको खेलमा उनले पोल्याण्डकी माग्दा लिनेट्टेलाई २-१ निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेकी हुन् ।
हालेपले लिनेट्टेलाई खेलको पहिलो सेटमा ६-४ ले तथा अन्तिम सेट ६-३ ले आफ्नो पक्षमा पारेकी थिइन् । तर उनी खेलको दोस्रो सेटमा भने लिनेट्टेसँग ५-७ ले पराजित भएकी थिइन् । हालेपले भनिन्, ‘मैले राम्रो खेले भनेर त्यति गर्व महसुस गरेकी छैन, म भोलि पुरै दिन सुत्नेछु किनभने म बिरामी छु ।’
अब उनले तेस्रो चरणको खेलमा २३ पटककी ग्राण्डस्लाम च्याम्पियन अमेरिकी सेरेना विलियम्सको सामना गर्नेछिन् । सेरेनाले दोस्रो चरणको खेलमा जापानकी कुरुमी नारालाई ६-३ र ६-२ को सोझो सेटमा पराजित गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया