सुडानमा जातीय समूहहरूबीचको भिडन्तमा २२ जनाको मृत्यु

काठमाडौं । दक्षिणी सुडानमा जातीय समूहहरूबीच भएको दोहोरो भिडन्तमा परी २२ जनाको मृत्यु भएको छ ।

सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको थियो । सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको बताएका छन् ।

दक्षिणी सुडानका लागि जातीय हिंसा तथा द्वन्द्व टाउको दुखाइको विषय बन्दै आइरहेको छ । यहाँ पटकपटक हुने गरेका यस्ता झडपमा कैयौँले ज्यान गुमाइसकेका छन् । यो भन्दा अघि गत मंगलबार पनि झडप भएको थियो । जसमा एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु दर्जन  भन्दा बढी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?