सोल्टी होटलका अध्यक्ष प्रभाकर शम्शेर राणाको निधन

सोल्टी होटलका अध्यक्ष प्रभाकर शम्शेर जङ्ग बहादुर राणाको हृदयघातका कारण निधन भएको छ।

उनको उपचारका क्रममा अमेरिकाको न्यूयोर्कमा दुई दिन अगाडी निधन भएको हो।

टाटा मोट्रसको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक रहेका राणा विगत १० महिनादेखि विरामी थिए।

राणाले सन् १९६७ मा पूर्व राजा ज्ञानेन्द्र शाहसँग मिलेर सोल्टी होटलको स्थापना गरेका थिए।

सो होटलले हालैमात्र नेपालगन्जमा चार तारे सोल्टी वेस्टइन्ड प्रिमियर होटल खोलेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?