‘भारत’ विवादमा, कसले गर्यो हाई कोर्टमा मुद्दा दायर ?

बलिउड नायक सलमान खानको नयाँ चलचीत्र  ‘भारत’को रिलीज मिति नजिकिँदै गर्दा विवादमा पर्ने सम्भावना देखिएका छ ।

यो चलचीत्रको विरुद्ध हाई कोर्टमा मुद्दा दायर भएपछि फिल्म थप विवादमा परेको छ ।

चलचीत्र ‘भारत’ को अनुच्छेद–३ ले   एम्बेलेम्स एण्ड नेम्स याक्ट  को उल्लंघन गरेको आरोप लागेको छ ।

यस अनुच्छेदका अनुसार कुनै पनि व्यवसायिक प्रयोजनको लागि  कुनै पनि देशको प्रतिक चिन्ह र नामको प्रयोग  गर्न नसकिने उल्लेख छ। 

त्यसैले रिलीज गर्नुपुर्व  ‘भारत’ को विरुद्ध जनहित निवेदन दायर हुनु सलमान खानको लागि अप्ठुयारो पैदा हुनु हो । यो चलचीत्रको रिलीज मिति ५ जुन तोकिएको छ। तस्वीर :गूगलबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?