आफन्तको आरोप अस्पतालको लापरबाहि ! अस्पताल भन्छ : दूध सर्किएर बालकको मृत्यु

काठमाडौं । भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि हो हल्ला गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोराको बिहीबार साँझ मृत्यु भएपछि विरोध भएको थियो । 

 

 उक्त वालक आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

 बालकको मृत्युपछि चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै  बालकका आफन्त तथा सर्वसाधारण आक्रोशित बन्दै हो हल्ला गरेका थिए । 

आक्रोशित समुहलार्ई नियन्त्रण गर्ने क्रममा बिहीबार साँझ प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?