विश्व फुटबलमा शनिवारदेखि यी नियम परिवर्तन हुँदै

एजेन्सी । इन्टरनेसनल फुटबल संघ ‘आईएफएबी’ले सन् २०१९ को जुन १ तारिखदेखि लागु हुने गरि फुटबलमा नयाँ नियम परिर्वतन गरेको छ । 

विश्व फुटबलको खेल सञ्चालनका लागि नियमनकारी निकायको रुपमा रहेको ‘आईएफएबी’  ‘लज अफ दी गेम’ मा केहि परिवर्तन गरेको छ । विश्वभर नै शनिवारदेखि लागु हुने परिवर्तित नियमहरु आधुनिक फुटबलमा आएको परिवर्तनसँगै खेल संचालन गर्न सहज होस् भन्ने लक्ष्यसाथ गरिएको हो ।

यस्ता छन् परिवर्तित नयाँ नियमहरु 

१.फ्रिकिक : आक्रमणका खेलाडी वालमा बस्न नपाइने

२. खेलाडी परिवर्तन : सबैभन्दा नजिकको लाइनबाट बाहिरिने

३.प्रशिक्षकलाई पनि रातो र पहेंलो कार्ड

४.पेनाल्टी : गोलरक्षकको कम्तिमा एउटा खुट्टा लाइनमा हुनुपर्छ

५.ह्यान्डबल : आकस्मिक ह्यान्डबल गोल भएपनि फ्रिकिक दिइने

६.ड्रप बलमा दुवै टोली सामेल नहुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?