सरकार परिवर्तन नभए एकता बिथोलिन्छ : वामदेव गौतम

पुर्व उपप्रधान तथा गृहमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने भन्दै  प्रचण्डको समर्थन गरेका छन् । 

प्रेस संगठन, प्यूठानले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले सहमतीअनुरुप नै अघि बढ्ने बताए । 
सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने कि ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा प्रचण्डले एक टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक गरेका थिए । 

 

मिडिया काउन्सिल विधेयक संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ । 

 समेत रहेका गौतमले आपराधिक गतिविधि शून्य हुन साम्यवाद आउनु पर्ने उल्लेख गरे ।

एकाध हुने अपराधिक घटनाको छानविन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रसंग बदल्दै उनले थपे, असल प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार हुनुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?