लागुऔषध ओसारपसारमा संलग्न ५४ जना पक्राउ

काठमाडौं । प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये ५० पुरुष र ४ महिला रहेको जनाइएको छ ।

उक्त  तथ्याङ्कअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागुऔषधसमेत बरामद भएको छ ।

३७ दशमलव ६५० ग्राम हेरोइन, नौ हजार ८५६ दशमलव सात ग्राम चरेश र चार हजार ९२७ ग्राम गाँजा  बरामद भएको उल्लेख छ । 

त्यस्तै फेनार्गन ६८५ एम्पुल डाइजेपाम २८५ एम्पुल, , नुफिन ६६० एम्पुल, नाइट्राभेट ५०० ट्याब्लेट मेथिन ३०० एम्पुल, ,नाइट्रोसन ४४८ ट्याब्लेट, ट्राइकेर २० ट्याब्लेट, सेरिज्याक ४०० ट्याब्ले, स्पास्मो १० ट्याब्लेट बरामद गरेको छ । 

लागुऔषध बुलेटिनको विमोचनका क्रममा प्रदेश नं ५ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी, पिताम्बर अधिकारीले बाँकेमा खुला सीमाका कारण लागुऔषधको सेवन र कारोबार अत्याधीक अवस्थामा रहेको बताए ।

बाँके स्थिीत प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लागुऔषध कार्यमा चिकित्सकदेखि समाजका सबै वर्ग फसेकाले सचेतनाको खाँचो औँल्याउए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?