नेपालका उपरथी खरेल युएनडीओएफ मिसनमा फोर्स कमाण्डर नियुक्त

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले नेपालका मेजर जनरल (उपरथी) शिवराम खरेललाई युनाइटेड नेसन्स डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स (युएनडीओएफ)को कार्यबाहक मिसन प्रमुख तथा फोर्स कमाण्डरमा नियुक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघको कार्यालयबाट जारी गरिएको वक्तव्यमा जनाइएअनुसार घानाका मेजर जनरल फ्रान्सीस भीव सान्जीरीको गएको अप्रिल महिनामा अचानक मृत्यु भएपछि नेपालका खरेललाई सो पदमा नियुक्त गरिएको हो ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?