डुबान प्रभावित क्षेत्रको अनुगमन

बाँकेको नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारी तथा प्राविधिकसहितको संयुक्त टोलीले बाढीका कारण डुबानबाट वर्षेनी असर पर्दै आएको जिल्लाका विभिन्न क्षेत्र तथा ईलाका अनुगमन गरेको छ । 

नेपालबाट सिँचाइ विभागका विभाग तथा महानिर्देशक सरिता दवाडी र भारतबाट सिँचाइ विज्ञ केएल दास नेतृत्वको संयुक्त टोलीले राप्ती नदीको सिधनियाँ घाटदेखि सीमावर्ती सुइँया बघौडासम्मको क्षेत्र अनुगमन गरेको हो ।

टोलीमा उपस्थित नरैनापुर  गाउँपालिकाका अध्यक्षय स्तियाक अहमदशाहले लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँधजस्तो सडकका कारण बाँकेका नागरिकले वर्षौंदेखि झेल्दैै आएको डुबान समस्या समाधानका लागि भारतीय पक्षले पहल थाल्ने सुझाव दिएको बताए ।

बाँके राप्ती पारीका नागरिकले डुबान, बाढी  र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समस्या समाधानका लागि टोलीलाई आग्रह गरिएको  अध्यक्षको भनाइ थियो ।

उक्त टोलीमा प्रदेश ५ का सांसद कृष्णा केसीलगायत स्थानीय जनप्रतिनिधिको पनि उपस्थिीती थियो ।

लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण बाँकेको मटेहिया, गङ्गापुर, बेहनती र होलिया वर्षेनी डुबानमा पर्दै आएकामा पछिल्लो समय भारतले सीमामा बनाएको बाँधजस्तो सडकका कारण भारतीय सीमावर्तीको नेपाली बस्ती डुबानको उच्च जोखिममा पर्दै आएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?