नवलपरासीमा बस र ट्रक ठोक्किँदा  तीनको मृत्यु,२० जना घाइते

नवलपरासीमा भएको सवारी दुर्घटनामा तीन जनाकोमृत्यु भएको  छ भने २० जना घाइते भएका छन् । 

पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउसो यात्रु बाहाक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा परी २० जना घाइते छन् ।

 

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । 

 

मृतकको सनाखत हुन बाँकी छ । 

 

पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको ना ४ ख ५२९५ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ना २ ख ४८९० नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर र स्थानीय मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?