वडा सदस्य घूसहित रङ्गेहात पक्राउ

काठमाडौं । महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ बस्ने एक जना वडा सदस्यलाई  बिहान अख्तियार बर्दिबासको टोलीले ३६ हजार घूससहित नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक मधुकुमार थापा नेतृत्वको अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ बस्ने वडा सदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घूस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको हो ।

उक्त गाउँपालिका–४ मा रु १० लाखको लगानीमा निर्माण भइरहेको ‘जानकी धर्मशाला चकवा’ निर्माणमा वडा सदस्य यादवले ठेकेदारलाई घूस माग्दै निर्माणमा अवरोध गरिरहेका थिए ।

त्यसपछि ठेकेदारले ३६ हजार घूस दिने भएपछि वडा सदस्य यादवले निर्माण गराउन मानेको बताइएको छ । 

यादवले सो घूस रकम आफ्नो गाउँपालिकाको क्षेत्रभित्र नभएर जलेश्वर नगरपालिका–१ स्थित शलहेश चोकमा रहेको सनी किराना पसलमा लिने भनेपछि आज बिहान करीब ९ बजे अख्तियारको टोलीले सोही ठाउँबाट पक्राउ गरेको हो ।

 

वडा सदस्य यादवलाई आयोगको बर्दिबासको टोलीले आवश्यक कारवाहीका लागि आफूसँगै लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?