तीन फिल्म एकैसाथ हलमा

काठमाडौं । शुक्रवारतीन वटा चलचित्र एकैसाथ प्रदर्शनमा आएका छन् । 

सम्राट सापकोटाले निर्देशन गरेको ‘कप्स’, मदन घिमिरेद्धारा निर्देशित ‘काउसो’ र दीपक ओलीले निर्देशन गरेको ‘कुम्भ करण’  एक साथ प्रदर्शनमा आएका हुन् ।

चलचित्र ‘कुम्भ करण’मा निशा अधिकारी, गौरव पहारी, , भोलाराज सापकोटा, अभय बराल लगायतका कलाकारको अभिनय रहेको छ । 

‘कप्स’मा सन्दिपा लिम्बु, अनुप विक्रम शाही , अमित गिरी, अनुपा भट्टराई, रामराज क्षेत्री लगायतले अभिनय गरेका छन् । 

चलचित्र ‘काउसो’ को मुख्य भुमीकामा सविन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी इत्यादी कलाकार  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?