दुई बेलायती पर्वतारोही बनाए ३ विद्यालय

काठमाडौं  दुई बेलायती नागरिक पर्वतारोहीले भुकम्प पिडीत मकवानपुरका ३ वटा विद्यालयमा भवन निर्माण गरेका छन् । 

पूर्वी मकवानपुर बकैया गाउँपालिकाका–९ भैरुङ दोभानस्थित ज्ञानोदय आधारभूत विद्यालय, वडा नं १० मन्थलीस्थित सरस्वती आधारभूत विद्यालय र वडा नं ११ ठिंगनस्थित लालकिरण आधारभूत विद्यालयमा २÷२ कोठे भवन निर्माण गरिएको हो । 

बेलायती पर्वतारोही रोरी म्याकहुज र बर्नी एङ्गोलाको सहयोगमा सो भवन निर्माण गरिएको हो । 

विद्यालयमा ६३ जना बालबालिका अध्ययनरत छन् । उनीहरु सबै तामाङ समुदायका हुन् । 

 

सो विद्यालय भवन निर्माणका लागि पर्वतारोहीले  इस्थर बेञ्जामिन मेमोरियल फाउण्डेशन संस्थामार्फत् आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?