यार्सा टिप्ने समय सर्‍यो

मुगुको कार्मारोङ गाउँपालिकाका डोल्पु र मुगु गाउँको पाटन क्षेत्रमा यार्सा संकलनका लागि समय सरेको छ।

गाउँपालिका र स्थानीयबीच विवाद भएपछि सर्वसाधारणका लागि यार्सा संकलनको समय दुई दिन पछि सरेको हो।

गाउँपालिकाले संकलकलाई जेठ १० गतेदेखि १५ गतेसम्म पाटन प्रवेशका लागि समय तोकेको थियो।

 शुल्क उठाउने विषयमा विवाद हुँदा प्रवेश समय सरेको गाउँपालिकाले जानकारी दिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?