म्यानपावर व्यवसायी आन्दोलनमा: भिसा लागेका कामदारको टिकट काट्न बन्द !

विभिन्न माग राखेर आन्दोलन घोषणा गरेका म्यानपावर व्यवसायीले विदेश जाने भिसा लागेका कामदारको टिकट काट्न बन्द गरेका छन् ।

 अब एक हप्ताभरि कुनै पनि कामदारको विदेश जाने टिकट काटिने छैन ।

वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले एक हप्तासम्म कामदारलाई विदेश जान रोकिएको बताए ।

जेठ २३ गतेसम्म पनि माग सुनुवाई नभए अझै कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने उनको भनाइ छ ।

व्यवसायीले आफ्नो मागपत्र प्रधानमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा यसअघि नै बुझाइसकेका थिए । 

संघले अबको एक हप्तासम्म पनि मागको सुनुवाई नगरे वैदेशिक रोजगरका सबै प्रक्रिया ठप्प पार्ने चेतावनी दिएको छ ।

हाल सरकारले नयाँ व्यवस्थामार्फत राख्न लगाएको धरौटीमा ब्याज पाउनुपर्ने व्यवसायीको मुख्य माग हो । तर, वैदेशिक रोजगार नियमावलीमा व्यवसायीलाई धरौटीमा ब्याज दिने व्यवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?