मोदीको मन्त्रीमण्डल : कसलाई कुन मन्त्रालय ?

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डलको कार्यविभाजन गरेका छन् । 

हिजो  प्रधानमन्त्री पदको शपथ ग्रहण गरेको एक दिनपछि उनले मन्त्रिमण्डलको कार्यविभाजन गरेका हुन् । 

मोदीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहलाई गृह मन्त्रालय, पूर्वअध्यक्ष राजनाथ सिंहलाई रक्षा र निर्मला सीतारमणलाई वित्त मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यस्तै मानव संशाधन मन्त्रीमा रमेश पोखरियाल निशंक, महिला एवं बाल विकास मन्त्रीमा स्मृति इरानी र विदेश मन्त्रीमा एस जयशंकरलाई चुनेका छन् ।

बीबीसीका अनुसार पीयूष गोयलले रेल मन्त्रालय एवं वाणिज्य मन्त्रालय, धर्मेन्द्र प्रधानले पेट्रोलियम मन्त्रालय र इस्पात मन्त्रालय, रविशंकर प्रसादले कानुन मन्त्रालय, नरेन्द्रसिंह तोमरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

यस्तै डी सदानन्दले गौडा रसायन एवं उर्वरक मन्त्रालय, मुख्तार अब्बास नकवीले अल्पसंख्यक मामला, महेन्द्र नाथ पाण्डेयले कौशल विकास मन्त्रालय, रामविलास पासवानले खाद्य एवं आपूर्ति मन्त्रालय, हरसिमरत कौर बादलले खाद्य प्रसंस्करण उद्योग मन्त्रालय, थावर चन्द गहलोतले सामाजिक न्याय र अधिकारिता, अर्जुन मुण्डाले जनजातीय मामला, प्रकाश जावडेकरले सूचना एव प्रसारण, पर्यावरण र प्रलहाद जोशीले संसदीय मामला, तथा कोयला एवं उत्खनन् मन्त्रालयको जिम्मेवारी बनेका छन् ।

 

 बिहीबार सम्पन्न शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीसँगै मन्त्री र राज्यमन्त्रीसहित ५८ जनाले शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?