प्रधानमन्त्री ओलीले मोदीलाई दिए यस्तो गिफ्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन्।

समकक्षीको बिहीबार भएको सपथग्रहणपछि शुक्रबार भएको भेटवार्तामा ओलीले मोदीलाई रुद्राक्ष उपहार दिएका हुन्।

भारतमा हिन्दु धर्मावलम्बीले रुद्राक्ष महत्वपूर्ण धार्मिक बस्तुका रुपमा पूजा गर्ने गर्छन्।  

नयाँदिल्लीमा पुगेका नेपालका प्रधानमन्त्री ओलीलाई मोदीले हैदरावाद हाउसमा स्वागत गरेका थिए । 

मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार भारतको नयाँ दिल्ली गएका प्रधानमन्त्री केपी ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने विषयमा उनीहरुबिच कुराकानी भएको थियो । प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?