उत्कृष्ट काम गर्ने ५ प्रहरी सम्मानित

काठमाडौं । नेपाल प्रहरीले उत्कृष्ट काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ । 

प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशनलाई आत्मसात गरी निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्वपूर्ण भूमिका निभाउने पाँच प्रहरी अधिकृतलाई बिहीवार २ हजार ५ सय नगदसहित पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुनेमा प्रहरी उपरीक्षक दानबहादुर कार्की चन्द्रकुबेर खापुङ, मुकुन्द मरासिनी, प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेल र प्रहरी निरीक्षक गोविन्द पन्थी रहेका छन् ।

पुरस्कृत प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।  पुरस्कृत हुनेमध्ये पन्थी र खापुङले कर्मचारी प्रशासन शाखामा रहेर कर्मचारीको सरुवा, बढुवामा महत्वपूर्ण भूमिका निभाएका थिए  भने कार्कीले प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर महत्वपूर्ण योगदान गरेका थिए । 

त्यस्तै कँडेलले बढुवा, सरुवा भएका कर्मचारीलाई सम्बन्धित क्षेत्रमा पठाउन महत्वपूर्ण भूमिका खेलेका थिए भने मरासिनीले प्रहरी प्रधान कार्यालयको निर्णयलाई शत्प्रतिशत कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

खनाल महानिरीक्षक भएपछि प्रहरी सङ्गठनमा राम्रो काम गर्ने पाँच हजार ५ सय प्रहरी कर्मचारीलाई पुरस्कृत तथा तीन हजार ६ सय ५० कर्मचारीलाई कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?