काठमाडौं । शसस्त्र प्रहरीको एपीएफ क्लब जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज ‘शुक्रवार’ भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै अन्तिम चारको स्थान तय गरेको थियो । एपीएफले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
१ सय २६ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको एपिएफले २३ ओभरमा ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग¥यो । एपीएफको लागिशरद भेषवाकरले सर्वाधिक ३५ रन बनाए । प्रदिप सिंह ऐरीले ३३ रन तथा आसिफ शेखले २० रन जोडे । गण्डकीका दिपेश श्रेष्ठले ३ तथा किशोर महतोले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको गण्डकी प्रदेशले ४१ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १ सय २५ रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि दिपेश श्रेष्ठले २७ रन, आकाश थापाले १९ रन, बिपिन खत्रीले १७ रन, अनिल गुरुङले ११ रन तथा किशोर महत्वले १५ रन जोडे ।
या एपीएफका भुवन कार्कीले ३ विकेट हात पारे । जितपछि एपिएफले ३ खेलबाट ६ अंक जोडेको छ । समूह ‘ए’मा रहेको एपीएफ शिर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया