समुदाय प्रहरी साझेदारी : नारायणी नमुना माविमा जनचेतनामुलक अन्तक्रिया कार्यक्रम सम्पन्न

समुदाय प्रहरी साझेदारी अन्तर्गत चितवनस्थित नारायणी नमुना माविमा जनचेतनामुलक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त प्रयासमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई केन्द्रदेखि टोलसम्म क्रियाशिल र जनकेन्द्रित बनाउने नेपाल प्रहरी श्रीमती संघको अभिष्ट रहेको उल्लेख गर्दै सामाजिक संजालको दुरुपयोगबाट हुने विद्युतिय अपराध नियन्त्रण, सडक दुर्घटना न्युनिकरणका उपाय, मानव बेचबिखन लगायतबाट बच्न सचेत रहनुपर्ने बताइन् ।  

 
समाजमा अत्यन्त विकराल रुपमा फैंलिदै गएको लागूपदार्थ दुर्व्यसनीबाट युवावर्ग प्रभावित भएको चर्चा गर्दै अध्यक्ष खनालले लागूपदार्थका कुलतमा फसेका राष्ट्रका कर्णधार युवावर्गलाई उपचार गराई समाजमा पुनस्स्थापना गराउने उद्धेश्यका साथ आसरा सुधार केन्द्र, रानीबारी काठमाडौं स्थापना भई सेवा पुर्याउँदैआएको समेत जानकारी दिइन् ।

कार्यक्रममा यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनकी प्रमुख मिना खरेलले समेत समुदाय- प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे बताइन् । 

प्रहरी उपरीक्षक दान बहादुर मल्लले स्वागत मन्तव्य व्यक्त गर्दै हिंसामुक्त समाज निर्माणमा सबैले कटिबद्ध भएर लाग्नुपर्ने बताए  ।

कार्यक्रममा लागूऔषध दुर्व्यसनी, लैङिगक हिंसा, घरेलु हिंसा, मानब वेचबिखन लगायतका विषयमा प्रहरी निरीक्षक पुर्णीमा चन्दले प्रष्ट्याइन् । 

कार्यक्रममा  नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो । 

गत जेठ १३ गते झापाको धुलावारी, जेठ १४ गते इटहरीको दुर्गा पाट्री प्यालेस, १५ गते बर्दिबास सेवा समितिको हल र १६ गते बाराको सिमरा समेत संचालन भएको उक्त जनचेतनामुलक कार्यक्रम बुटवल हुँदै बाँकेको कोहलपुरसम्म हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?