विश्वकै प्रदूषित सहर बन्यो काठमाडौं

लोकपथ
70
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेको छ । काठमाडौंको वायु प्रदूषणको तह केही दिनदेखि ह्वात्तै बढेर काठमाडौं विश्वकै प्रदूषित सहर बनेको हो ।

वायु प्रदुषण मापन गर्दै आएको आईक्यु एयरले बुधबार बिहान सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंको वायुमण्डलको हावाको गुणस्तर (इन्डेक्स एक्यूआई) खराब बन्दै २६४ अङ्कमा पुगेको देखिएको छ ।

केहि दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौंको वायु प्रदुषण बढेको हो । लामो समयदेखि वर्षा नभएपछि काठमाडौंको आकाशको सतहमा धुलोको कणको मात्रा थुप्रिँदै गएको छ ।

काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो प्रदूषित सहर रहेको छ । त्यस्तै, बंगलादेशको राजधानी ढाका तेस्रो स्थानमा र पाकिस्तानको लाहोर सहर चौथो स्थानमा छ । पाँचौँ स्थानमा इराकको राजधानी बगदाद रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?