ईन्जिनियरिङका विद्यार्थीहरुलाई प्रहरीले दियो संचार प्रणाली सम्बन्धी जानकारी

समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयमा शुक्रबार आयोजित कार्यक्रम बीच ख्वप ईन्जिनियरिङ कलेज भक्तपुरका प्राध्यापक र स्नातक तह आठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल प्रहरीको संचार प्रणाली सम्बन्धि जानकारी दिइएको छ ।

 
कार्यक्रममा संचार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा।राजिव सुब्बाले नागरिक विना बर्दीका प्रहरी हुन भने प्रहरी बर्दीका नागरिक भएकाले नेपाल प्रहरीले संचालन गरिरहेको समुदाय(प्रहरी साझेदारी कार्यक्रम मार्फत सुरक्षित एवं अपराधरहित समाज निर्माणको लागि यस्ता कार्यक्रमहरुले सहयोगी भूमिका निर्वाह गर्ने बताए । 

कार्यक्रममा सहभागिहरुलाई सो निर्देशनालयका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर धिताल र प्रहरी निरीक्षक जय शंकर शर्माले प्रविधिको अवलोकन गराउनुका साथै प्राध्यापक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा सुरक्षा व्यवस्था, अपराध रोकथाम, नियन्त्रण तथा प्रविधिमैत्री एवं प्रमाणमुखी सफल अनुसन्धान, विपद उद्धार र व्यवस्थापन लगायतका कार्यका लागि नेपाल प्रहरीले प्रयोग गर्दै आईरहेका विभिन्न प्रविधिहरु मध्ये संचार प्रणालिको भूमिकाको सम्बन्धमा जानकारी दिइएको थियो ।

नेपाल प्रहरीको संचार प्रणालीमा हाल प्रयोग भइरहेका नयाँ प्रविधिहरु साथै समाजमा हुन सक्ने अपराधलाई रोकथाम तथा अपराधको सफल अनुसन्धानका लागि नेपाल प्रहरीको सक्रियतामा स्थानीय निकाय तथा सम्बद्ध पक्षसँगको साझेदारीमा जडानर सञ्चालन एवं विस्तार भइरहेको प्रविधिको प्रयोगको विषयमा समेत जानकारी दिइएको थियो ।

साथै ट्राफिक व्यवस्थापनका लागि संचार निर्देशनालयले निर्माण गरेको “गुरुजी ब्एए” तथा ीभकक एबउभच प्रणालीका वारेमा पनि सहभागी विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । 

उक्त कार्यक्रममा सो कलेजका प्राध्यापक लगायत २५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?