अझै केहि दिन वर्षाको सम्भावना

अझै केही दिन देशभर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने मौसम्विद्ले पूर्वानुमान गरेका छन् ।

मौसम विज्ञान विभागले जनाएअनुसार शनिबार, आइतबार र सोमबारसम्म मेघ गर्जनसहित पानी पर्नेछ ।  

पश्चिमी र स्थानीय वायुको प्रभाव तथा पूर्व क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली छ ।

यसैको प्रभावका कारण केही स्थानहरुमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने छ ।

आज दिउँसो पूर्वी तथा मध्य भू-भाग लगागत पश्चिमी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

शनिबार दिउँसो केही स्थानहरुमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना पनि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?