नेपालले केहि सिक्ने कि ! दक्षिण अफ्रिकाको मन्त्रिपरिषद्मा ५० प्रतिशत महिला,

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो नयाँ मन्त्रीमण्डलमा ५० प्रतिशत महिला सहभागीता गराएका छन् ।

अझ अपत्यारीलो त के छ भने,  २८ सदस्यीय मन्त्रीमण्डलमा एक जना मन्त्री विपक्षी पार्टीको समेत छिन् ।

८ मेमा भएको चुनावमा रामाफोसाको पार्टी अफ्रिकन नेशनल कांग्रेसले चुनाव जितेको थियो ।

त्यसपछि रामाफेसाले अघिल्लो पटकको ३६ सदस्यीय मन्त्रीमण्डललाई घटाएर २८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन् ।

मन्त्रीमण्डलमा ५० प्रतिशत महिला सहभागीता दक्षिण अफ्रिकाको इतिहासमै पहिलोपटक हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?