६ घण्टा पब्जी खेलेका युवाको मृत्यु ‘पड्काउ, हान’ भन्दाभन्दै बेहोस  !

भारतको मध्य प्रदेशमा ६ घण्टादेखि लगातार पब्जी खेलेका १६ वर्षे किशोर फुरकान कुरेशीको हृदयघात भएर मृत्यु भएको छ । 

 किशोरका पिता फरुन कुरेशीले  छोराकोमृत्युपछि त्यहाँको सञ्चारमाध्यमसँग भनेका छन्, ६ घण्टासम्म मोबाइल फोनमा पब्जी खेलेपछि उ अचेत भयो । 
उनी कक्षा १२ मापढ्थे । 
घटना मे २८ को हो जब फुरकान कुरेशी र उनको परिवार एक आफन्त विवाहमा भाग लिनको लागि राजस्थानको घरबाट मध्य प्रदेश गएका थिए ।  

सोमबार अचेत हुनुपूर्व फुरकानले पब्जी खेल्दै ‘पड्काउ, हान’ भनेर चिल्लाएको उनका पिताले बताए । 

‘उ एकदमै सक्रिय केटा थियो । मेरो छोरा पब्जी खेलमा यति धेरै मग्न थियो कि उसले आइबार रातीदेखिदेखि सोमबार झिसमिसेसम्म खेलिरह्यो । विहान केही घण्टा सुत्यो अनि खाजा खाएर पुन खोल्न थाल्यो ,’ पिता हारुनले बताए । 

खेलमा उसको पात्रले हारेपछि उसले पड्काउ, पड्काउ भनेको सुनिएको हारुनले बताए । 

खेल खेल्ने क्रममा अचेत भएपछि किशोरलाई तत्कालै अस्पताल लगिएको थियो तर उनलाई व्युताउन सकिएन । 

‘हामी कहाँ आउदाँ उसको मुटु धड्किन बन्द भइसकेको थियो । मैले धेरै कोसिस गरें तर उसको निधन भइसकेको थियो,’ कारडियोलोजिष्ट अशोक जैनले भनिन् । 

अर्का काडिर्योलोजिष्ट विपुल गर्गले भिडियो गेम खेल्दा कसरी मृत्यु हुन्छ भन्नेबारे प्रस्टाउदै भनिन् ,‘पछिल्लो समय आएका मोबाइल भिडियो गेम मानसिक रुपमै संलग्न गराउने खालका छन् । त्यसैले ती खेल खेल्ने बालबालिका खेलका कथा अनुरुप भावनात्मक उचारचडाव भोग्ने गर्छन् । बालबालिका र किशोरकिशोरीकै पनि कलिलो मष्तिकले ती खेल मात्र हुन भन्ने बुझ्न नसक्दा मुटुको समस्या भोग्छन् । ’

बालबालिकालाइ यस्ता खेलबाट टाढा राख्नुपर्ने गर्गले बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?