अष्ट्रेलियामा हाउसफुल ‘जात्रै जात्रा’

 जेठ ३ गतेबाट हल रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि भव्यताका साथ प्रदर्शन भइरहेको छ ।

ब्रिसबेन, एडलेड, मेलवर्न, सिड्नीलगायत नेपालीको उलेख्य बसाइ रहेको अष्ट्रेलियाका मुख्य सहरहरुमा चलचित्र ‘जात्रै जात्रा’ हाउसफुल ‘मा प्रदर्शन भइरहेको छ । 

 

सिड्नीमा हरेको इभेन्ट सिनेमा ‘जात्रै जात्रा’ जेठ ३ गतेबाट नै हाउसफुल रहेको निर्देशक प्रदीप भट्टराई बताउँछन् ।

 

‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् ।

सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?