भारतसंग सम्बन्ध समधुर नै हुन्छ : काग्रेस नेता उपाध्याय

अर्घाखाँची । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व भारतिय राजदुत दिपकुमार उपाध्यायले भारतसंगको सम्बन्ध सधै समधुर रहने बताए । हाम्रो भुगोलले भारतसंग झगडा नभई मिलेर जानुपर्ने बताउँदै उपाध्यायले पानीबाट नेपालले भरपुण फाईदा लिनुपर्ने बताए । 

भारतिय प्रधानमन्त्रि मोदी नेपालबाट सकारात्मक सोच राख्ने नेता भएकाले समधुर सम्बन्ध नेपालसंग हुनेमा आफु आसावदी रहेको जानाकारी दिए । भारतसंग सहकार्य गरि विकासमा गति लिनुपर्ने उपाध्यायको भनाई  छ । 

नेपाल प्रेश युनियन अर्घाखाँचीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विप्लप माओवादीलाई बार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा आफु रहेको बताए ।

सिके राउतलाई वार्ताबाट निकास दिन सक्ने सरकारले विप्लपलाई वार्तामा ल्याउन पहल नगर्नुले त्यसको पछाडी अर्के केहि कारण हुन सक्ने जिकिर गरे । 

सरकारले ल्याएको बजेट वितरण मुखी रहेको भन्दै यस्तो बजेटले देशको विकास हुन नसक्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?